त्रिविको उपकुलपति सिफारिस गर्न शिक्षामन्त्रीको नेतृत्वमा समिति गठन



काठमाडौँ,कात्तिक २४ । सरकारले त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्तिका लागि प्रक्रिया अगाडी बढाएको छ ।

गत कार्तिक १८ गते उपकुलपति डाक्टर धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि नयाँ उपकुलपति नियुक्त गर्न सरकारले प्रक्रिया अघि बढाएको हो । त्यसका लागि शुक्रबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेको छ ।

मन्त्री राई नेतृत्वमा मन्त्रालयका सचिव सुरेश अधिकारी र त्रिविको वौद्ध अध्ययन विभाग प्रमुख डा।चन्द्रकला घिमिरे रहेको समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्