रसुवाको उत्तरगया गाउँपालिकाले जाजरकोट र रुकुम भूकम्प पीडितका लागि ३ लाख २५ हजार सहयोग गर्ने
रसुवा,कात्तिक २४ । रसुवाको उत्तरगया गाउपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ३ लाख २५ हजार रुपैया सहयोग गर्ने भएको छ । उत्तरगया गाउपालिकाले बिपत कोषबाट आर्थिक सहयोग गर्ने भएको हो ।
विहिबार पालिकामा बसेको वैठकले प्रधानमन्त्री दैवीक स्थानिय बिपत प्रकोप राहत कोषमा ३ लाख २५ हजार पालिकाका जनप्रतिनिधि लगायत विभिन्न शिर्षकमा जम्मा गरि सहयोग गरिने प्रमुख प्रशासकिय अधिकृत दिपक प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानिय विपद व्यवस्थापन समितिको कोषबाट रु १२५०००।,कर्मचारी अधिकृत स्तर २ दिनको पारिश्रमिक, कर्मचारी सहायक स्तर १ दिनको पारिश्रमिक , जनप्रतिनिधीको तर्फवाट पालिका अध्यक्ष १ महिनाको सुविधाको रकम पालिका उपाध्यक्ष १५ दिनको सुविधाको रकम, ५ वटै वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य ५ दिनको सुविधांको रकम प्रदान गरिने बताए ।
मानवीय धर्म निर्वाह गर्ने र पीडितको पीडामा मलम लगाउने प्रयास स्वरुप सहयोग गरिएको उत्तरगया पालिकाका उपाध्यक्ष चमेली गुरुङले जानकारी दिए ।

