नुवाकोट शिवपुरीका दुई विद्यालयका विद्यार्थीलाई केयर फर चिल्ड्रेनद्वारा पोशाक वितरण



नुवाकोट,कात्तिक २४ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीका दुई विद्यालयका बालबालिकालाई जर्मनी संस्था केयर फर चिल्ड्रेनले विद्यालय पोशाक वितरण गरेको छ ।

संस्थाका नेपाल प्रतिनिधि गोकर्ण गुणीका अनुसार सुनखानीका ग्रामीणदेवी माध्यमिक विद्यालय र कुम्भेश्वर माध्यमिक विद्यालयका कुल २ सय ९० बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको हो ।

शुक्रबार विद्यालयमा भएको विद्यालय पोशाक वितरण कार्यक्रममा तिहार विशेष देउसी भैलो कार्यक्रम समेत प्रदर्शन गरिएको थियोे । संस्थाले जिल्लाका विभिन्न गाउँपालिकाका ९ वटा विद्यालयका बालबालिकालाई दिवा खाजा, विद्यालय पोशाक लगायत विविध शैक्षिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्