रास्वापाका सभापति लामिछाने नुवाकोटमा राजनैतिक छलफलमा व्यस्त



नुवाकोट,कात्तिक २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नुवाकोटमा राजनैतिक छलफलमा व्यस्त रहेका छन् ।

शनिबार नुवाकोटको बट्टारमा हुने एक खुला सभामा सहभागी हुन शुक्रबार नै नुवाकोट पुगेका हुन् । श्रोतका अनुसार नुवाकोटको ‘काजी बास’होटलमा स्थानीय राजनीति कार्यकर्ता बिच छलफल तथा विमर्शमा समेत लामिछाने सहभागी भएका छन्।

मिसन ८४ मा लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको एक कार्यक्रममा शनिबार सम्बोधन गर्ने तयारी लामिछानेको रहेको राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्