पहिरोले स्काभेटर पुरिएर चालकको मृत्यु



कालिकोट,कात्तिक २५ । कालीकोटको शुभकालीका गाउँपालिका –१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा स्काभेटर पुरिदा चालकको मृत्यु भएको छ । 

कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेका बेला माथिबाट चट्टानसहित पहिरो खसेर स्काभेटर पुरिएपछि चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

मृत्यु हुने चालक पचालभरना गाउँपालिका ८ खडितोलीका ३० वर्षीय धिर संज्याल रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी पोषण थापाले सडक फराकिलो गरिरहेका बेला माथिबाट खसेको पहिरोले स्काभेटर च्यापेका कारणले चालक भाग्न नपाएको बताए । 

प्रतिक्रिया दिनुहोस्