रास्वापालाई ८४ को चुनावमा रोक्न खोज्नु सुर्यलाई हत्केलाले छेक्नु सरह हो-रवि लामिछाने



नुवाकोट,कात्तिक २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी ८४ सालको चुनावको सफलता रोक्न खोज्नु सुर्यलाई हत्केलाले छेक्नु सरह हुने बताएका छन् ।

शनिबार नुवाकोटको बट्टार बजारमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको खुला सभालाई सम्बोधनको क्रममा लामिछानेले यस्तो बताएका हुन।

लामिछानेले नुवाकोटमा लामो समय परम्परागत शैलीमा जनताले भोट दिने गरेको बताउदै आउदो चुनावमा नागरिकले आफ्नो मत रास्वापाको भ्रष्टाचार मुक्त राष्ट्रिय अभियानलाई साथ दिने बताए । विगतमा राजनैनिक पार्टीले सोझासिधा युवालाई टाउकोमा हतियार थमाएर आफ्नो वर्चस्व स्थापित गरेको बताउदै सभापति लामिछानेले भने-‘नुवाकोटका जनतालाई पानी खुवाउन नसक्ने राजनीतिक पार्टीले रक्सी र बियर बाड्छन, चुनाव जितेर जान्छन्,अब यहाँका जनताले बुझिसकेका छन् ।’

‘इटा, बिटा र ठिटा लिएर चुनावमा आउने बित्तिकै हामी पनि सबै कुरा बिर्सन्छौ,हाम्रो बिर्सने बानी छ।’लामिछानेले भने-‘अब वर्षौं लुटेकाले थप घेराबन्दी गर्नेछन् तर रास्वापाले त्यस्को फेस गर्नेछ, नुवाकोटमा त्यो माहोल बनिसकेको छ ।’

समग्र देशका नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीको भ्रष्टाचार मुक्त अभियानलाई साथ दिनुपर्ने बताउदै परम्परागत शैलीमा मेरो बाजेको पार्टी, मेरो बाउको पार्टी नभनी एउटा रेलिङ नभाचिकन, एक थोपा रगत नबगाईकन सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भ्रष्टाचार मुक्त अभियानमा लाग्न आह्वान गरे।

‘हामी कस्तो देशका नागरिक कस्तो भयौं चुनाव चिन्हमा छाप लगाए बापत देश छोडेर जान विवश बनेका छौँ’ -लामिछानेले भने – ‘युद्ध भएको देश जस्तो युवाहरु रातारात देश छोडिरहेका छन्, ती सब भ्रष्टाचारका कारण हुन् । अब परिवर्तनको खाचो छ, त्यो एजेन्डा रास्वापासग मात्र छ ।’

प्रतिक्रिया दिनुहोस्