काठमाडौं महानगरले तोक्यो चार ठाउँमा फूल बिक्री गर्ने ठाउँ
काठमाडौं,कात्तिक २५ । काठमाडौं महानगरपालिकाले चार ठाउँमा फूल बिक्री गर्ने ठाउँ तोकेको छ ।
महानगरले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रर्वद्धन गर्न सहुलियतसहित चार ठाउँमा स्टल राखेको जनाएको हो ।
महानगरपालिकाले चार ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताए । महानगरले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलका लागि बिक्रीमा सहजीकरण गर्ने जनाएको छ ।
नेपालीहरुको महान पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा मनाउन आग्रह गर्दै साँझ ८ बजेदेखि राति १ बजेसम्म महानगरले गस्ती गर्ने जनाएको छ ।

