मुगुमा हिमपात, जनजीवन प्रभावित



मुगु,कात्तिक २५ । माथिल्लो मुगुको मुगमकार्मारोङ  गाउँपालिकामा हिमपात भएको छ। यसअघि असोज ३० गते  हिमपात भएको स्थानीय पेमा लामाले बताए ।  गत वर्ष भन्दा यो वर्ष चाँडै हिमापात भएको उनी बताउँछन्। 

हिमपातले गर्दा  चिसो बढेको मुगमकार्मारोङ गाउँपालिका वडा नम्बर २ का तोेर्चे लामाले बताए । शनिबारको तापक्रम माइसन सात डिग्री पुगेको छ।

जिल्लाको उत्तरी भेगमा पर्ने मुगुगा, डोल्पुगाउँमा हिमपातले सेताम्मे भएको छ। जिल्लाका अन्य केही गाउँ बस्तीमा भने तिहारको टीका लगाउने दिन नजिकै आउनलाग्दा चिसो बढेपछि बजारमा  मालसामान किन्न जाने सेवाग्राही समस्यामा परेका छन्। 

प्रतिक्रिया दिनुहोस्