काठमाडौंका मेयर भेट्न गृहमन्त्री बालेन निवासमा
काठमाडौं, कात्तिक २५ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिका प्रमुख बोलेन्द्र शाहबीच भेटवार्ता भएको छ ।
शनिबार बिहान गृहमन्त्री श्रेष्ठ बालेन निवास पुगेका थिए । उनले बालेन निवासमै खाना समेत खाएका थिए ।
महानगर प्रमुख शाहले बेला–बेलामा संघीय सरकारलाई चेतावनी दिँदै आएका छन् । सिंहदरबारको फोहोर उठाउन रोक लगाउनेदेखि लिएर सिंहदरबार जलाउनेसम्मको अभिव्यक्ति बालेनले दिदै आएका छन् ।

