भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती
रुकुम,कात्तिक २५ । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ ।
भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो ।
भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले राससलाई जानकारी दिए ।

