बाल्टिको पानीमा डुबेर दुई बालकको मृत्यु
काठमाडौँ,कात्तिक २५ । बाल्टिको पानीमा डुबेर विभिन्न जिल्लामा दुई बालकको मृत्यु भएको छ ।
धनुषाको बिदेह नगरपालिका-४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।
त्यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ पातो बजार बस्ने देव कुमार मालिको ९ महिनाको छोरा बिराट कुमार मालिको पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ । खेल्ने क्रममा बाल्टिनमा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

