नुवाकोटको शिवपुरीमा लप्सेखोला झरना महोत्सव सम्पन्न



नुवाकोट,कात्तिक २५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नं. ६ समुन्दादेवीमा लप्सेखोला झरना महोत्सव सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच महोत्सव सम्पन्न भएको हो ।

एक दिने महोत्सवको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले उद्घाटन गरेका थिए । महोत्सवको उद्घाटन गर्दै अध्यक्ष थपलियाले गाउँबस्तीका प्राकृतिक सम्पदाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सके ग्रामीण वस्तीको छिटै विकास हुने बताए ।

कार्यक्रममा सहभागी आगन्तुकलाई गुन्द्रुक, मकै र भटमासले स्वागत गरिएको थियोे । कार्यक्रममा सहभागीले पर्यटकीय गन्तव्य स्थापित यस प्रकारको महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । महोत्सवमा विभिन्न क्षेत्रका नागरिक, विद्यालयका छात्रछात्रा तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियोे ।

बाह्र महिना सदावहार सय फिट उचाईबाट झर्ने यस झरनामा काठमाडौको सामाखुसी टोखा हुँदै २४ किलोमीटरको सवारी यात्रामा पुग्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्