नेपाल प्रहरीले भन्यो-‘काठमाण्डाैमा २४सै घण्टा देउसीभैलाे खेल्नाेस्’



काठमाण्डाै,कात्तिक २६ । तिहारमा काठमाण्डाैमा २४सै घण्टा देउसीभैलाे खेल्न पाइने भएकाे छ । प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलाे खेल्न कुनै सीमित समय नतोकेको भन्दै भन्दै काठमाण्डौमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न पाइने जनाएकाे हाे । 

काठमाण्डाै प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरेका छन् । उनले कसैले समय तोकेर देउसीभैलाे खेल्न अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरे ।

‘काठमाण्डौमा आफ्नो संस्कृतिअनुसार देउसीभैलो खेल्नका लागि कुनै सीमित समय तोकेका छैनौँ। प्रहरी र सुरक्षा समितिले काठमाण्डौमा २४ सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला रहेको छ । प्रहरी २४सै घण्टा सुरक्षा दिन तयार छ ।

प्रतिक्रिया दिनुहोस्