लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्केर हार्डवयर पसलमा आगलागी
खजुरा,कात्तिक २६ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आगलागी भएको छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा आइतबार साँझ आगलागी भएको हो ।
लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले विष्णु वर्माले सञ्चालन गर्दैआएको धनौलीको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ ।
आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताए ।

