नुवाकोट बेलकोटमा पूर्व विद्यार्थीले बाँडे बालबालिकालाई न्यानो कपडा
नुवाकोट,कात्तिक २७ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ स्थित भृकुटी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।
उक्त विद्यालयका पूर्वविद्यार्थी उद्धव खनाल र विष्णु खनालले त्यहाँ अध्ययनरत शिशु कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई एक–एक सेट न्यानो कपडा सहयोग गरेका हुन् ।
उनीहरूले विद्यार्थीलाई ट्र्याकसुट र टि–सर्ट एक–एक थान उपलब्ध गराएका हुन् । शुक्रवार विद्यालयले आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको उद्धव खनालले बताए ।

