नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय



काठमाडौं,कात्तिक २७ । सरकारले नेपालमा सामाजिक सन्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

टिकटकबाट सामाजिक सदभाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्