खच्चडको भागदौड हुँदा भेरी नदीमा खसेर कांग्रेस नेता बेपत्ता



जाजरकोट,कात्तिक २७ । खच्चडको भागदौड हुँदा भेरी नदीमा खसेर एकजना बेपत्ता भएका छन् । आइतबार राहत सामग्री लिएर नलगाड नगरपालिका-१३ मा आएको  हेलिकोप्टर ल्याण्ड गर्दा खच्चरको भागदौड हुँदा एक जना भेरी नदीमा खसेर बेपत्ता भएका हुन् । 

बेपत्ता हुनेमा नलगाड नगरपालिका–१३ का ५० वर्षीय केशव मल्ल रहेका छन् । उनी नेपाली कांग्रेसका वडा सभापति समेत हुन् । गत कात्तिक १७ गते मध्यरात गएको विनाशकारी भूकम्पका पीडितलाई राहत लिएर आएको हेलिकोप्टर ल्याण्ड गर्दा खच्चरको भागदौड भएको थियो ।

भौगोलिक विकट्ता दुर्गम बस्तीमा मोटर बाटो नभएपछि भूकम्पपीडितलाई राहत सामग्री लिएर हेलिकोप्टर आउने गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्