भूकम्पपीडितलाई योग गुरु रामदेवको आठ ट्रक राहत सामग्री
जाजरकोट,कात्तिक २७ । योग गुरु रामदेवले जाजरकोटका भूकम्पपीडितलाई आठ ट्रक राहत सामग्री पठाएका छन् ।
पतंञ्जली योगपिठ हरिद्वार उत्तराखण्ड भारतबाट विभिन्न राहत सामग्री लिएर सोमबार ट्रक नेपाल आइपुगेको हो ।
स्वामी रामदेवजी महाराज र आचार्य बालकृष्णजीको तस्बिर अंकित राहत सामग्री बोकेका ट्रक जाजरकोट पुगेको छ । आठ ट्रकमा ५० टन राहत सामग्री रहेको पतञ्जली योग समिति नेपालका अध्यक्ष लबराज भट्टले बताए । ६ हजारभन्दा बढी परिवारका लागि करिब दुई करोड रुपियाँ बराबरको राहत सामग्रीमा त्रिपाल, कम्बल, भाँडावर्तन, खाद्यान्न, लत्ताकपडालगायतका सामग्री छन ।

