इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्वल हुँदैन : लामिछाने
काठमाडौं,कात्तिक २८ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताएका छन् ।
भक्तपुरमा मंगलबार नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रममा शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उनले इतिहास जोगाउन अतिआवश्यक भइसकेको बताएका हुन् ।
उनले इतिहास जस्तो भए पनि आफ्नै मूल्य र मान्यता हुने भन्दै इतिहासको सम्मान गर्न सक्नुपर्ने बताए ।

