रेलले किचेर ९० वर्षीय वृद्धको मृत्यु
धनुषा,कात्तिक २८ । धनुषामा रेलले किचेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मधुबन्नी जिल्लाको जयनगर, बेल्ही ठेगाना रहेका ९० वर्षीय विन्देश्वर दास रहेका छन् ।
मङ्गलबार बिहान ९ः३० बजे दासको रेलले किचेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रन्जन अवाले बताए ।
प्रहरीका अनुसार बैदेहि स्टेशन नजिकै रहेको पुलको रेल्वे लिकमा बाटो काट्ने क्रमामा रेलले किचेर दासको मृत्यु भएको हो ।
रेल धनुषाको कुर्थाबाट बिहान ८ः३० बजे जयनगरका लागि छुटेको थियो ।

