बाल साहित्यकार शान्तदास मानन्धरको निधन



काठमाडौं,कात्तिक २८ । बाल साहित्यकार शान्तदास मानन्धरको निधन भएको छ ।

हर्निया रोगबाट पीडित मानन्धरको मंगलबार उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो ।

नेपाली बाल साहित्य क्षेत्रमा उनी सर्जक, प्रवर्धक, प्रकाशक,अनुवादक, अन्वेषक, प्रचारक र प्रसारकका रुपमा समेत चिनिन्छन।

प्रतिक्रिया दिनुहोस्