युवक जंगलमा मृत फेला
मोरङ,कात्तिक २८ । मोरङको उर्लाबारी–६ सीमाना बस्तीका २३ वर्षीय किशोर धीरेन्द्र ढुङ्गेल कानेपोखरी–७ को जङ्गलमा मृत भेटिएका छन् ।
अस्थायी प्रहरी कार्यालय कानेपोखरीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलका अनुसार पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चौकबाट केही पूर्व सडक दक्षिणमा ढुङ्गेल मृत भेटिएका हुन् । मृत्युको कारण भने खुलेको छैन ।
सोमबार दिउँसो घरबाट बजारमा काम छ भनी निस्किएका धीरेन्द्र आगामी बिहीबार अध्ययनका लागि जापान जाने तयारीमा थिए ।

