ललितपुरमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु



काठमाडौँ,कात्तिक २९ । ललितपुरको टाखेलमा मोटरसाइकल दुर्घटना भएको छ ।

प्रहरीका अनुसार चापागाउँबाट टाखेल जाँदै गरेको बा.६० प ५१९५ नम्बरको मोटरसाइकल सडकको दायाँ तर्फको रुखमा ठोक्किएर दुर्घटना भएको हो । 

सो दुर्घटनामा परी सिन्धुलीको मरिण गाउँपालिका घर भएका २४ वर्षीय राम माझी र २५ वर्षका विजय माझीको मृत्यु भएको छ । 

मंगलबार साँझ उनीहरू मोटरसाइकलमा गोदावरी नगरपालिका–१० स्थित टाखेल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्