भक्तपुरमा पोखरीमा डुबेर १ जनाको मृत्यु
काठमाडौं,कात्तिक २९ । भक्तपुरको दूधपाटीस्थित नपुखु पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार मृत्यु हुनेमा भक्तपुर नगरपालिका वडा नं. ४ नासमाना बस्ने वर्ष ५३ को सुमन राजभण्डारी रहेका छन् ।
भण्डारीको मंगलबार बेलुकी पोखरीमा डुबेर अशक्त भएको पाठकले बताए । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

