मोटरसाइकल दुर्घटनामा भलिबल खेलाडीको मृत्यु



स्याङ्जा,कात्तिक २९ । गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोषबहादुर थापा मगरको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ ।

स्थानीय भलिबल प्रतियोगितामा भाग लिएर गएराति फर्कने क्रममा स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोटका थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । 

२२ वर्षे सन्तोषको चापाकोट ८ दुर्दाङमा मोटरसाइकल दुर्घटनामा परेको गण्डकी प्रदेश भलिबलका क्याप्टेन हरि पाण्डेले जानाकारी दिए । गत वर्ष नवौं राष्ट्रिय खेलकुद तथा टाइगर कपको तीनै संस्करण गण्डकी प्रदेशबाट खेलेका सन्तोषले पछिल्लो समय सन्तोष एपिएफबाट समते खेल्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस्