ससुरालीबाट घर फर्केका श्रेष्ठको बिच बाटोमै दुर्घटनामा मृत्यु
सिन्धुपाल्चोक, कात्तिक २९ । सिन्धुपाल्चोकमा सडक दुर्घटना हुँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।ज्यान गुमाउनेमा काभ्रे पनौती निवासी अन्दाजी ३५ वर्षीय राजु श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले चलाएको बा २ ख ८२१३ नं को निशान ट्रक कात्तिक २९ गते दिउँसो चौतारा साँगाचोकगढी नगरपालिका ५, कामिटोलमा दुर्घटना भएको हो ।
श्रेष्ठ घर फर्किने क्रममा ट्रक ब्याक गर्दा सडकबाट अन्दाजी ५०० किलोमीटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक संजिव कुमार यादवले साँघुकर्मीलाई जानकारी दिए ।

