भैसीसँग मोटरसाइकल ठोक्किएर एकको पुरुषको ज्यान गयो



झापा,कात्तिक २९ । झापामा चरणका लागि खुला छाडिएको भैसीसँग मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा एक पुरुषको ज्यान गएको छ भने अर्का एक ब्याक्ति घाइते भएका छन् ।

कमल गाउँपालिका ३ स्थित सहिद गेट नजिकै को २१ प ७७ नम्बरको मोटरसाइकल बाटो सडकमा भैसीसँग ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका ४ बस्ने ३१ वर्षीय मदनबहादुर लाय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलमा सवार सुनसरीको इटहरी ४ बस्ने ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन् । दुवै जनालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिदै गर्दा मगरको बाटोमा नै मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्