दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
खलंगा,कात्तिक ३० । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार जिप दुर्घटना भएको छ ।
नौगाड –२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड –३ बगडस्थित जामिरमा बिहीबार दिउँसो दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी चालक जयभानसिंह ठगुन्ना गम्भीर घाइते भएका छन् । गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ । रासस

