कल्भर्टमुनि बेवारिसे शव भेटियो



खजुरा,कात्तिक ३० । बाँकेको नरैनापुरमा बिहीबार एक पुरुषको शव बेवारिसे अवस्थामा भेटिएको छ ।

नेपालगञ्ज नरैनापुर हुलाकी सडकखण्डमा पर्ने नरैनापुर गाउँपालिका-३ गेगलीनजिक रहेको कल्भर्टमुनि जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी ५० वर्षीय पहिचान नखुलेको एक पुरुषको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार बिहीबार दिउँसो फेला परेको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको छ भने घटनाका बारेमा अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्