छहरे-टोखा सडकखण्डमा विद्युतीय गाडी र मोटरसाइकल ठोक्किँएर दुर्घटना



नुवाकोट,असोज ३०— नुवाकोटको छहरे-टोखा अन्तर्गत शिवपुरी गाउँपालिका–६ र ७ को सिमानामा विद्युतीय गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन्।

शुक्रबार दिउँसो नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ००१ ज ६५६ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश ०४४ प ६९०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालकको हातमा चोट लागेको छ भने विद्युतीय गाडीमा समेत क्षति पुगेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्