नुवाकोट एफएमले गर्ने भयो शंखध्वनी प्रतियोगिता



नुवाकोट,मंसिर २ । स्थानिय मौलिक कला संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई संस्कृति हस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यका साथ नुवाकोट जिल्लाकै पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले प्रतियोगितात्मक शंखध्वनी आयोजना गर्ने भएको छ ।

हरिवोधनी एकादशी २०८० को अवसरमा यही मसिर ६ गते बुधवार बिदुर नगर पालिका वडा नम्वर ५ देविघाटको चौतारोमा आयोजना गर्न लागेको प्रतियोगितामा हालसम्म ६० जना ले प्रतियोगितामा सहभागीता भाग लिनका लागि सम्पर्क गरेको संस्थाका सदस्य एवं रेडियो राजमार्गका स्टेशन म्यानेजर आशिष ठकुरीले जानकारी दिए ।

सनातनी हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने “शंख” संरक्षण र सम्बद्र्धनार्थ रसुवा , नुवाकोट र धादिङमा मै पहिलो पटक ‘खुल्ला शंख ध्वनी प्रतियोगिता’को आयोजना गर्न लागिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

शंख नेपालमा मात्र नभई भारत, श्रीलंका बंगलादेश आदि मुलुकमा पनि प्रयोग गरेको पाइन्छ । विभिन्न संस्कारमा शंख नभई नहुने एक ध्वनी साधन भएको संस्थाका अध्यक्ष शिव प्रसाद न्यौपाने बताए । प्रतियोगितामा प्रथम हुनेलाई नगद दशहजार हजार रुपैयाँ, द्वितिय हुनेलाई सातहजार रुपैयाँ, तृतीय हुनेलाई तिन हजार एक सय रुपैयाँ, र दुई जनालाई सान्त्वना स्वरुप जनही एक सय रुपैयाँ तथा सम्पूर्ण सहभागी समेतलाई प्रमाण–पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्नेछन् । शंखको विषयमा जानकार व्यक्तिले निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ । विभिन्न गुरु, पुरोहितका साथै गुरुकुल एवम् कीर्तन मण्डलीका तर्फबाट शंख बजाउन जान्ने व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ ।

शंख दिनानुदिन लोप हुँदै गएको र त्यसको संरक्षण गर्दै युवाहरु एक हुनुपर्नेमा आयोजकले जनाएको छ ।‘कार्यक्रमका लागि कार्यक्रम मात्र नभएर समाज रुपान्तरण तथा जनचेतनाका निमित्त कार्यक्रम’ भन्ने मुलमन्त्रलाई आत्मासाथ गरी संस्थाले उक्त प्रतियोगिता गर्न लागेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्