बैतडीमा भएको जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
बैतडी,मंसिर २ । बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार –३ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका छन् ।
खोचलेक प्रहरीचौकीका इन्चार्ज नवलसिंह भाटका अनुसार शक्त घाइते विष्टको घटनास्थलमै मृत्यु भएको हो। कालागाउँबाट सिल्लेगडातर्फ आउँदैगरेको से १ ज ६०३ नम्बरको जिप आज दोगडाकेदार –३ घोडेधार नजिकै दुर्घटनामा परेको हो । कच्ची र उकालो नचढ्दा ब्याक भएर दुर्घटनामा परेको दुर्घटनाग्रस्त जिपमा सवार लोकबहादुर विष्टले बताए ।
यस्तै, कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, चार वर्षीय रियाग विष्ट, सात वर्षीया सुशीला विष्ट र ६० वर्षीय पद्म विष्ट घाइते भएका छन् ।

