यस्तो देखियो छठका लागि सिङ्गारिएको गौरीघाट



काठमाडौं,मंसिर २ । छठ पर्वका लागि काठमाडौँस्थित गौरीघाट परिसर सिङ्गारिएको छ ।

छठ पर्व सुरु भएसँगै झिलिमिली बत्तीले गौरीघाट परिसरलाई सिङ्गारिएको हो ।  टेन्ट र पण्डालले गौरीघाटलाई विशेष रूपले सजाइएको छ ।

शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्व कात्तिक शुक्ल सप्तमीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुनेछ । चार दिनसम्म मनाइने छठको पहिलो दिन शुक्रबार शुक्ल चतुर्थीका दिन नुहाई धुवाई गरेर अरबा अरबाईन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्