सरकारको कार्यशैली सच्चिन आवश्यक : अध्यक्ष ओली



काठमाडौं,मंसिर २ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनता र देशको पक्षमा काम नगरेको भन्दै सच्चिन आग्रह गरेका छन् ।  

एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा शनिबार आयोजित विशेष कार्यक्रममा अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् । प्रतिक्रियावादीहरु देशव्यापीरुपमा सक्रिय रहेकाले त्यसलाई निरुत्साहित गराउन एमालेले भूमिका खेल्ने उनले बताए । 

युवा विद्यार्थीहरु एक्लै छैनन, साथमा एमाले छ भन्ने देखाउन मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गरिने उनले बताए । एमाले हिंसाको राजनीति नगर्ने, शान्तिपूर्ण राजनीति गर्ने हुनाले शान्तिपूर्ण प्रदर्शन गरिने उनको भनाइ छ । एमालेजस्तो शक्ति देशमा रहेकाले सरकार तथा अन्य शक्तिले स्वेच्छाचारिता गर्न नपाएको उनले टिप्पणी गरे । 

लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले बलिदानी दिएर ल्याएको व्यवस्था भएकाले यसको संरक्षणमा एमाले जस्तोसुकै योगदान दिन तयार रहेको उनले बताए । यो व्यवस्था चलाउने काम भएमा एमालेले त्यसको प्रतिवाद गर्ने उनको भनाइ छ । देशको परिस्थिति विग्रदैगएकाले त्यसलाई सुधार गर्न एमाले सडकमा आउने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्