नुवाकोट तादीका वृद्ध पाण्डे बेपत्ता



नुवाकोट,मंसिर २ । नुवाकोट तादीका एक वृद्ध बेपत्ता भएका छन् ।

जिल्लाको तादी गाउँपालिका वडा नम्बर ६ नर्जामण्डप स्थायी घर भएका वर्ष ८३ का उमानाथ पाण्डे गत कात्तिक १६ गतेदेखि बेपत्ता भएको उनका नातिनी रजनी पाण्डेले बताइन् ।

काठमाडौंको जरङ्गुबाट पशुपति मन्दिर दर्शन गर्न भनी हिडेका वृद्ध पाण्डेको खोजीका लागि प्रहरीलाई समेत आग्रह गरिसकिएको परिवारजनले बताएका छन् ।

आफन्तकोमा खोजी गरिसकिएको तर कतै पत्ता नलागेकाले भेट्नु हुने जोकोहीले नजिकैको प्रहरी कार्यालय तथा फोन नम्बर ९८४९५३७६९२ मा सिधा् जानकारी गराउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्