प्युठानमा आमाछोरा मृत भेटिए
प्युठान,मंसिर २ । जिल्लाको नौबहिनी गाउँपालिका –३ खवांगमा आमाछोरा मृत भेटिएका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

