काठमाडौंदेखि नुवाकोटको समुन्द्राटार हिडेको टाटा सुमो गुर्जेमा दुर्घटना

नुवाकोट,मंसिर ३ । काठमाडौंदेखि नुवाकोटको समुन्द्राटार हिडेको टाटा सुमो नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जेमा दुर्घटना भएको छ ।
काठमाडौंबाट नुवाकोटको समुन्द्राटारका लागि छुटेको ना १ ज ६३३१ नम्बरको सुमो गुर्जेको सार्वजनिक शौचालय नजिकैबाट खसेको गुर्जेस्थित अस्थायी प्रहरी पोस्टका प्रहरी जवान अर्जुन बुढाले बताए ।
सुमो सडकबाट ४ सय मिटर तल खसेको हो । दुर्घटनामा एक महिला गम्भीर घाइते भएकी छिन। ११ जना यात्रु सवार सुमोमा ४ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार गाडी भीरबाट खस्ने समयमा ६ जना मात्र यात्रु गाडीमा रहेका थिए । अन्य भने शौचालय गएको बताइएको छ ।
घाइतेको उद्धार गरी काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको छ भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ । घाइतेमध्य ३ जनालाई टाउकोमा चोट लागेको छ । भने दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ वर्ष २६ की लक्ष्मी तामाङ, उनको ७ वर्षीया छोरी कृपु र ३ वर्षकी छोरी किर्ती तामाङको शरीर तथा खुट्टामा चोट लागेको छ।