सहकारी अभियन्ता देवकोटाको सवारी दुर्घटनामा मृत्यु



बुटवल,मंसिर ४ । सहकारी अभियन्ता माधव देवकोटाको सवारी दुर्घटनामा मृत्यु भएको छ । रुपन्देहीको शंकरनगर निवासी सहकारी अभियन्ता देवकोटालाई सोमबार दिउँसो रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा ट्रकले ठक्कर दिएको थियो । 

देवकोटा सवार लु.४९ प. २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । देवकोटासँगै मोटरसाइकलको पछाडि बसेकी एक महिलाको पनि मृत्यु भएको छ । 

देवकोटा तिलोत्तमामा सञ्चालित तिलोत्तमा सहकारीका अध्यक्ष थिए । उनी सहकारी सङ्घका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक समेत हुन । 

प्रतिक्रिया दिनुहोस्