बस्नेत र प्रसाईंलाई सरकारले एउटै स्थानमा कार्यक्रम आयोजना गर्न नदिने



काठमाडौँ,मंसिर ४। राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुगाईं प्रसाईले मंसिर ७ गते गर्न लागेको जनप्रदर्शन माईतीघर मण्डलामा नहुने भएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा युवा संघका ईन्चार्ज महेश बस्नेत र राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ अभियानका संयोजक दुर्गां प्रसाईंबीच भएको छलफलमा प्रशासनले दुबैलाई फरक फरक स्थानमा कार्यक्रम गर्न आग्रह गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माईतीघर मण्डलामा कुनैपनि पक्षलाई कार्यक्रम गर्न नदिने र अन्यन्त्र विकल्पको रुपमा छनोट गर्न आग्रह गरेका थिए ।

आगामी मंसिर ७ गते एमालेको राष्ट्रिय युवा संघ र प्रसाईँ पक्षले एकै ठाउँमा कार्यक्रम गर्ने तयारी थालेपछि प्रशासनले छलफलका लागि बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्