बिरालो मार्न निस्केका हरि मृत भेटिए



झापा,मंसिर ४ । झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँले खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।

स्थानीय एसबीआई इटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई सोमबार बिहान ८ः३० बजे छिमेकीले मृत फेला पारेका थिए ।

गएराति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै तामाङ घरबाट निस्केका थिए । उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा छन् ।

छिमेकीका अनुसार केही महिनादेखि उनको मानसिक सन्तुलन ठीक थिएन । घटनासम्बन्धीमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्