अर्थतन्त्रका सूचकहरू सकारात्मक छन्, अब लगानी वृद्धि हुन्छः अर्थमन्त्री महत



काठमाडौँ,मंसिर ४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान हुने बताएका छन् । कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले नेपालमा लगानी बढ्दै गएको भन्दै आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने दाबी गरे ।

‘लगानी बिस्तारै बढ्दैछ । अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिँदैछन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ’ उनले भने, आर्थिक गतिविधिहरू बिस्तारै बढ्दैछ । अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका छन् । निश्चित ठाउँभन्दा बाहिर गएर लगानी गर्नेहरूलाई ऋण तिर्न गाह्रो भएको छ ।’

सरकार अहिले सरकारी खर्च व्यवस्थित गरिरहेका उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्