खुर्कोटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते
सिन्धुली,असोज ३० — काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा नौ जना यात्रु सामान्य घाइते भएका छन्।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बा.प्र.०३–००१ ख.२७७४ नम्बरको बस दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार खाना खाएर यात्रु चढाउने क्रममा बसलाई पछाडि सार्दा पछाडिको चक्का अचानक नालामा परेको थियो। त्यसपछि बस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका नौ जनालाई उद्धार गरी खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय श्रेष्ठले जानकारी दिनुभयो।

