केपी ओली कप प्रतियोगिता हुँदै, १२ टिम भिड्ने



पोखरा,मंसिर ५ । पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । 

मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब तथा मदन भण्डारी स्पोटर्स एकेडेमीका दुई टिम प्रतियोगितामा सहभागी हुने जानकारी दिएको छ । 

पोखरा रंगशालामा हुने प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगद पाउनेछन् । एमेडेमीका अध्यक्ष ध्रुव आचार्यले म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही २० हजार तथा म्यान अफ द म्याचले नगद पाँच हजार रुपियाँ पाउने बताए । 

यो प्रतियोगितालाई निरन्तरता दिइने अध्यक्ष आचार्यको भनाइ छ । “प्रत्येक वर्ष वा हरेक दुई वर्षमा फरक–फरक ठाउँमा योजना बनाएका छौँ । पुरस्कार राशि पनि बढाउँदै जानेछौँ” उनले भने । 

प्रतिक्रिया दिनुहोस्