स्वास्थ्य सेवा कार्यक्रमको वार्षिक समीक्षामा लिखु गाउँपालिका प्रथम



नुवाकोट,असोज ३० । जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य सेवा कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा लिखु गाउँपालिका प्रथम भएको छ।

बिहीबार भएको स्थानीय तहहरूले सम्पादन गरेका स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतिको मूल्याङ्कनका आधारमा लिखु गाउँपालिका जिल्लामै प्रथम भएको हो। त्यसैगरी दुप्चेश्वर गाउँपालिका दोस्रो र विदुर नगरपालिका तेस्रो भएका छन्।

उत्कृष्ट नतिजा हासिल गर्न योगदान पुर्‍याउने लिखु गाउँपालिकाअन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ।

साथै कार्यक्रममा सहभागी तथा स्वास्थ्य सेवा प्रवाहमा योगदान पुर्‍याउने दोस्रो र तेस्रो स्थान हासिल गर्ने स्थानीय तहसहित जिल्लाका सबै स्थानीय तह, जिल्ला अस्पताल र स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्थालाई गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्