नुवाकोटमा शङ्खध्वनि प्रतियोगिता सम्पन्न



नुवाकोट,मंसिर ६ । नुवाकोटमा शङ्खध्वनि प्रतियोगिता सम्पन्न भएको छ । नुवाकोट एफएमले बुधबार शङ्खध्वनि प्रतियोगिता आयोजना गरेको हो ।

हरिबोधिनी एकादशी २०८० का अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा गल्छी गाउँपालिका वडा नम्बर ७ धादिङका सन्तोष सापकोटा प्रथम भएका छन् । त्यस्तै प्रतियोगितामा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीका रबिन्द्र पाण्डे दोस्रो भएका छन् भने सुरज प्याकुरेलले तेस्रो, अग्रिम न्यौपानेले चौथो र श्रीजना मुडबरीले सान्त्वना पुरस्कार हात पारेका थिए ।

विदुर नगरपालिका–५ देवीघाटको चौतारामा आयोजना गरिएको प्रतियोगितामा ६० जनाले सहभागिता जनाएका थिए ।

नेपाली मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न प्रवद्र्धन गर्ने उद्देश्यले सनातनी हिन्दू धर्मका विभिन्न संस्कारमा नभई नहुने शङ्खको उपयोग, संरक्षण र सम्वद्र्धनार्थ पहिलो पटक बागमती प्रदेशस्तरीय शङ्खध्वनि प्रतियोगिता आयोजना गरिएको नुवाकोट एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्