नुवाकोटसहित काठमाडौँ आसपासमा भूकम्पको धक्का महसुस



नुवाकोट,मंसिर ७ । नुवाकोटसहित काठमाडौँ आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ ।

नुवाकोटसहित काठमाडौँ आसपास सिन्धुपाल्चोक,रसुवा, धादिङ, मकवानपुर लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो।

बिहीबार बिहान १ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मकवानपुरको चित्लाङ केन्द्र विन्दु भएर ४.५ म्यागनिच्युटको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षति विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्