फलामको रड प्रहार गरी छोराले गरे बुबाको हत्या



सिन्धुली,मंसिर ७ । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ शिखरडाँडा निवासी ३२ वर्षीय दावा घिसिङले फलामको रड प्रहार गरी बुबा ७२ वर्षीय बुद्धिमान घिसिङको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पारिवारिक झगडाका कारण दावाले बुधबार राति ९ बजेतिर फलामको रड टाउकोमा प्रहार गर्दा बुद्धिमानको घटनास्थलमै मृत्यु भएको हो ।

बुबाको हत्या गरी छोरा दावा फरार रहेका र निजको खोजतलास भइरहेको कार्यालयका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले  बताए । मृतकको लास पोष्टमार्टमका लागि कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्