युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच बल्खुमा ढुंगामुढा



काठमाडौं,मंसिर ७ । एमाले निकट युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच बल्खुमा झडप भएको छ ।

बल्खु क्षेत्रमा युवा संघको टोली पुगेपछि त्यहाँ झडप भएको हो । दुई पक्षबीच त्यहाँ ढुंगामुढा भएको छ ।

प्रदर्शनका क्रममा मुठभेठ हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन काठमाडौंले युवा संघलाई तिनकुने र प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम स्थल तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्