सामान्य बन्दै बल्खु क्षेत्रको अवस्था



काठमाडौं,मंसिर ७ । केहीबेर तनावपूर्ण बनेको काठमाडौंको बल्खु क्षेत्रको अवस्था अहिले सामान्य बन्दै गएको छ । 

काठमाडौंको बल्खु क्षेत्रमा दुर्गा प्रसाईं समर्थकले  केहीबेर सुरक्षा घेरा तोड्नका लागि ढुङ्गामुढा गरे पनि अहिले भने स्थिति सामान्य बन्दै गएको प्रहरी कार्यालय बल्खुले जनाएको छ । 

प्रदर्शनकारी बल्खु क्षेत्रबाट कालिमाटीतर्फ जान लागेपछि सुरक्षा निकायले भीडलाई रोक्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको थियो । 

अहिले प्रदर्शनकारी शान्तिपूर्ण रुपमा भेला भइरहेको र कुनै अप्रिय काम नगरेको प्रहरी कार्यालय बल्खुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्