उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने ६ जना दोषी ठहर, २ वर्ष कैद



काठमाडौं,मंसिर ७ । उपप्राध्यापक प्रेम चलाउनेमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ७ मध्ये ६ जना दोषी ठहर भएका छन् । उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणसम्बन्धी मुद्दामा जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलाले फैसला गरेको हो । 

बुधबार दिनभरि दुवैतर्फका वकिलहरुको बहस सुनेपछि न्यायाधीश खतिवडाले विहिबार फैसला गरेका हुन् । 

फैसलाले रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावललाइ दोषी ठहर गरेको छ । उनिहरु नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ता हुन् । 

यस्तै चलाउनेले दाबी गरेको उपचार खर्चवापतको २८ लाख १७ हजार ५९३ रुपैयाँ कसुरदारबाट दामासाहीले असुल गर्ने पनि फैसला भएको छ ।

प्रतिक्रिया दिनुहोस्